image
image

पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा

काठमाडौँ  ३१ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७-७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।