image
image

नेप्से ११.३३ अंकले बढ्यो, ८ अर्ब १४ करोडको कारोबार

काठमाडौँ ३१ असार  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ११.३३ अंकले बढेर दुई हजार आठ सय ८३ दशमलब ३८ विन्दुमा पुगेको छ ।

त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ८ अर्ब १४ करोड ३६ लाख बराबरको कारोबार भएको छ । हिजो बुधबार नेप्सेमा ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको थियो । 


नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा ङादी ग्रुप पावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज ङादीको शेयरमूल्य ९.४० प्रतिशतले बढेको छ भने रैराङको ८.९१ प्रतिशतले बढेको छ ।   

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।