image
image

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

काठमाडौँ ३१ असार। चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको हो ।

केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २.६३ प्रतिशत रहेको छ । विसं २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा तराई क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । बैंकका अनुसार जेठमा काठमाडौँ उपत्यकामा ३.८७ प्रतिशत मुद्रास्फिति रहँदा तराईमा भने ४.४७ प्रतिशत छ । यस्तै पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फिति रहेको छ । विसं २०७७ जेठमा यी क्षेत्रमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।