image
image

युनियन लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाख ५८ हजारले पाए १० कित्ता

काठमाडौँ ३१ असार । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको अन्तिम बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले बिहीवारनै प्रि अलोटमेण्ट गरी अन्तिम बाँडफाँट समेत सम्पन्न गरेको हो । कम्पनीले योग्य २१ लाख १२ हजार ७९९ जना आवेदनहरुमध्य भाग्यमानी ५ लाख ५८ हजार ५०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो । 

योग्य आवेदकहरुमध्यबाट १५ लाख ५४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । कम्पनीको आईपीओ खरिदका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । यी मध्य ६९ हजार ९७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्ध भएको छ ।


कम्पनील सर्वसाधारणमा रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका र बाँकी ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणमा बाँडफााट गरेको हो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।