नेप्सेमा १० लाख ५६ हजार कित्ता बोनस सूचिकृत
काठमाडौँ ३१ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता सेयर सूचिकृत भएको हाे ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
उक्त लाभांश जेठ ६ गते, बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएकाे कम्पनीकाे २५ औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २६ गतेदेखि बुकक्लोज गरेको .थियाे । त्यसैले, वैशाख २३ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।