अपि पावरको २ लाख १५ हजार कित्ता सेयर लिलामीमा आउने
काठमाडौं, १, साउन । अपि पावरले बिक्री खुला गरेको २९.३८५ हकप्रद सेयर बुधबार (असार ३० गते) बाँडफाँट भएको छ । यस कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ५४ लाख ५४ हजार ४०१ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा २ लाख १५ हजार ५९९ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अपिले अब लिलामीमा ल्याउनेछ ।
यस कम्पनीले जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।