लागु भयो सेयर लगानीकर्तालाई फरक फरक पुँजीगत लाभकर
काठमाडौँ, १, साउन । आजदेखि चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वतः कार्यान्वयनमा गएको छ । जेठ १५ गतेनै बजेट पेश गरेपनि साउन एकबाट कार्यान्वयनमा जाने गर्छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था समान्य हेरफेर गरेको छ ।
यो कर आजैदेखि कार्यान्वयनमा गएको छ । अल्पकालीन कारोबारी र दीर्घकालीन कारोबारीलाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था छ । यो व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधिको लगानीले ७.५० प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्छ ।
यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत कर लाग्दै आएको थियो । आज शुक्रबार भएकाले सेयर कारोबार बन्द हुनेछ ।