image
image

गत आर्थिक वर्षमा गोर्खाज फाइनान्स सहित  १० कम्पनी शेयरमूल्य वृद्धि

काठमाडौँ १ साउन । गत आर्थिक वर्ष नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९३३ प्रतिशतले बढेको छ। 

गत वर्ष फाइनान्स उपसमूहको सूचक २८२ प्रतिशतले बढेको छ जसमा गोर्खाज फाइनान्स सबैभन्दा धेरै बढेको हो।

यस्तै, गत आर्थिक वर्षमा अधिकाँश हाइड्रोपावरको शेयरमूल्य उच्च रुपले बढेको देखिएको छ। उच्चरुपले शेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा ९ वटा हाइड्रोपावर कम्पनी रहेको देखिएको छ।

गत आर्थिक वर्षमा हाइड्रोपावर उपसमूहको सूचक पनि १९९ प्रतिशतले बढेको छ। जसमा युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५२५ प्रतिशतले बढेको छ भने रिद्धि हाइड्रोपावरको पनि ६२० प्रतिशतले बढेको छ।

गत एक वर्षमा बरुण हाइड्रोपावरको शेयरमूल्य ५६५ प्रतिशतले बढेको छ भने छ्याङ्दी हाइड्रोको ५३६ प्रतिशत,घलेम्दी हाइड्रोको ४९८ प्रतिशत,आँखु खोला जलविद्युतको ४८९ प्रतिशत, जोशि हाइड्रोपावरको ४८८ प्रतिशत, नेशनल हाइड्रोपावरको ४८४ प्रतिशत र दिब्यश्वरी हाइड्रोपावरको ४७५ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा उच्च रुपले बढेको नेप्सेमा पनि स्ट्यान्डर्ड चाटर्ड र नेपाल एसविआई बैंकको शेयरमूल्य भने घटेको छ। स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ भने नेपाल एसविआई बैंकको प्रतिकित्ता १ रुपैयाँले घटेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।