image
image

यूनियन लाईफको आईपीओको कति होला ओपन रेञ्ज ?

काठमाडौँ १ साउन ।  यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट पहिलो कारोबारको लागि रू. ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ पाउने देखिएको छ । कम्पनीको आव २०७६/ ७७ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव १३ रहेको र नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सोही नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो। 


विक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट गरेको हो ।  उक्त कम्पनीको आईपीओका लागि योग्य २१ लाख १२ हजार ७९९ आवेदकमध्ये गोलाप्रथाद्धारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी १५ लाख २७ हजार ७९९ जना आवेदकको हात भने खाली भएको छ ।

कम्पनीको आईपीओमा ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको विक्री प्रबन्धकले बताएको छ । दोहोरो आवेदन दिएका ४ हजार ८०१ जनाको आवेदन रद्द भएको थियो भने बाँकी बैंकमा पर्याप्त रकम नभएकाले रद्द भएको थियो ।

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि  र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

उक्त आईपीओमा २१ लाख ८२  हजार ७७५ जनाले आवेदन दिएका थिए जसमध्ये २१ लाख १२ हजार ७९९ योग्य आवेदन थिए ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।