image
image

उखु किसानलाई अझै आठ करोड भुक्तानी दिन बाँकी

काठमाडौँ -  विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् । 

उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको रु ६५ करोड ३१ लाख बक्यौता रकममध्ये हालसम्म रु ५७ करोड ३० लाख रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार रु ३५ करोड बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ । 

मन्त्रालयको तथ्याङ्कअनुसार रु १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले रु दश करोड ८८ लाख बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ । मिललको बैंक खातामा रु एक करोेड ७६ लाख जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन् । किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम रु १२ करोड ६४ लाख भुक्तानी गरे पनि अझै उक्त मिलले रु चार करोड ३६ लाख बक्यौता रकम भुक्तानी बाँकी रहेको छ । 

यसैगरी रु चार करोड ७० लाख बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा रु एक करोड ५० लाख जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले रु आठ करोड ४१ लाख बक्यौता रकम मध्येमा हालसम्म रु पाँच करोड १६ लाख बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको रु तीन करोड रकम रोक्का राखिएको छ । 

अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन् । यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।