image
image

भेटिएन खर्च र राजस्वको लक्ष्य

काठमाडौँ, आर्थिक वर्ष २०७७/७८ का लागि तोकिएको खर्च र राजस्वको लक्ष्य पूरा गर्न सरकार असफल भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले गत आवमा सरकारले ११ खर्ब ८० अर्ब रुपियाँ मात्र खर्च गर्न सकेको जानकारी दिनुभयो ।

सरकारले गत आवमा सुरुमा १४ खर्ब ७४ अर्ब र पछि संशोधन गर्दै १२ खर्ब ६६ अर्ब खर्च गर्ने लक्ष्य राखेको थियो । यद्यपि संशोधित लक्ष्य पनि पूरा गर्न नसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

कुल खर्चअन्तर्गत सुरुमा नौ खर्ब ४८ अर्ब रुपियाँ चालू खर्च गर्ने सरकारको लक्ष्य रहे पनि आर्थिक वर्ष पूरा हुँदासम्म आठ खर्ब ५१ अर्ब मात्रै खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालू खर्च संशोधन गर्दै पछि आठ खर्ब ६७ अर्ब रुपियाँ चालू खर्चको लक्ष्य तोकेको थियो ।

उक्त संशोधित लक्ष्य पनि पूरा हुन नसकेको हो । त्यस्तै पुँजीगतमा पनि सुरुमा तीन खर्ब ५२ अर्ब र पछि संशोधन गर्दै दुई खर्ब ५१ अर्ब खर्च गर्ने लक्ष्य राखिएकामा दुई खर्ब २८ अर्ब रुपियाँ मात्र खर्च भएको देखिन्छ ।

वित्तीय खर्चको अवस्था झन् कमजोर रहेको छ । सरकारले आर्थिक वर्ष सम्पन्न हुँदासम्म एक खर्ब रुपियाँ मात्र वित्तीय खर्च गर्न सफल भएको छ । जब कि बजेटमार्फत एक खर्ब ७२ अर्ब रुपियाँ वित्तीय खर्च हुने सरकारको लक्ष्य थियो । मध्यावधि समीक्षामार्फत वित्तीय खर्चको आकार घटाएर एक खर्ब ४५ अर्ब रुपियाँ पु-याइएको थियो ।

र्चजस्तै राजस्व सङ्कलनमा पनि सरकार असफल देखिएको छ । गत आवमा कुल १० खर्ब ११ अर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य थियो । संशोधन गरेर पछि नौ खर्ब ५९ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिए पनि बिहीबारसम्म नौ खर्ब ३८ अर्ब रुपियाँ मात्र राजस्व सङ्कलन भएको छ । सङ्कलित कुल राजस्वमध्ये आठ खर्ब ७० अर्ब कर राजस्व र ६८ अर्ब गैरकर राजस्व रहेको मन्त्रालयले जनाएको छ । अन्यतर्फ सरकारले ४० अर्ब रुपियाँ सङ्कलन गरेको छ ।

वैदेशिक सहायतातर्फ एक खर्ब ३९ अर्ब ऋण, १७ अर्ब ६१ करोड अनुदान र सीधा भुक्तानीबापत पाँच अर्ब एक करोड रुपियाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ । गत आवमा सरकारले दुई खर्ब २४ अर्ब रुपियाँ आन्तरिक ऋण उठाएको छ । बजेटमार्फत दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिने सरकारको योजना थियो ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।