image
image

२५ मेगावाट सिंगटी आयोजनकोे विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

काठमाडौँ, ३, साउन । २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनकोे विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले तयार गरेको सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन चार्ज भएसँगै सिंगटीको विद्युत् जोडिएको हो ।सिंगटी–लामोसाँघु प्रसारणलाइन बिहीबारदेखि चार्ज भएको हो । प्रसारण लाइनको सिंगल सर्किटको सफल परीक्षणसँगै शुक्रबारदेखि सिंगटी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् परीक्षणको रूपमा प्रसारण लाइनमा जोडिएको हो । सिंगटी खोलाको आयोजना ४ महिनाअघि प्राविधिक परीक्षण पूरा गरी प्रसारण लाइनको अभावमा विद्युत्गृह बन्द गरेर राखिएको थियो ।

ठेकेदारको ढिलाइ, स्थानीयस्तरमा जग्गाको विवादका कारण ढिलाइ भइरहेको बेला आफ्नो आयोजना पूरा भएपछि सिंगटी खोलाको प्राविधिक टोली पनि प्रसारण लाइनका काममा सहज गराउन लागि परेको थियो । दुई वर्षभित्र पूरा गर्ने गरी अक्टोबर २०१० मा भारतीय कम्पनी अराबलीले सुरु गरेको आयोजना ११ वर्षमा सिंगल सर्किट पूरा भएको हो ।

आयोजनाको प्रवद्र्धक सिंगटी हाइड्रो इनर्जी कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले शुक्रबारबाट सिंगटी आयोजनाबाट परीक्षणको रूपमा विद्युत् प्रसारण लाइनमा जोडिएको जानकारी दिए । “प्रसारण लाइन चार्ज भएपछि हाम्रो प्राविधि टोली आयोजनास्थल पुगेर काम गरिरहेको छ,” उनले भने, “परीक्षणको रूपमा केही विद्युत् शुक्रबारबाट सुरु भए पनि शनिबारदेखि पूर्ण क्षमतामा सञ्चालन भएको छ ।

परीक्षण उत्पादन सुरु भएपछि आयोजनाले १५ दिनसम्म नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क विद्युत् उपलब्ध गराउनु पर्नेछ । त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्नेछ । विद्युत्गृहमा १२।२ मेगावाटका २ उत्पादन युनिट छन् । ४ अर्ब ६३ करोड रुपैयाँ लागतमा पूरा भएको आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी छ । प्रसारण लाइनको अभावमा आयोजनाले एक वर्ष ढिला गरी आयोजना पूरा गरेको हो ।

सिंगटी खोला जलविद्युत् आयोजना १० वर्षअघि सरकारले विद्युत् संकट निवारणका लागि फास्ट ट्रयाकमा विद्युत् उत्पादन गर्नका लागि सरकारले नै पहिचान गरेर निजी क्षेत्रलाई प्रतिस्पर्धामा दिएको ६ वटा आयोजनामध्येको एक हो । तर सरकारको झन्झट र ढिलासुस्तीले नै आयोजनाको विद्युत् उत्पादन हुन १० वर्ष लागेको हो ।

आयोजनाको विद्युत्गृहबाट सिंगटी सबस्टेसन नजिकै रहेकाले विद्युत् खेर जाँदैन । आयोजनाको विद्युत्गृह र सब स्टेसनको दूरी २ सय मिटर छ । सबस्टेसननजिकै भएकाले प्रसारण लाइनका लागि आयोजनाको कुनै खर्च छैन । आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर वितरण गरिसकेको कम्पनीले सर्वसाधारणका लागि समेत सेयर जारी गरिसकेको छ । आर्थिक वर्षको पहिलो दिनबाटै विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएकाले चालू आवको आम्दानीबाटै अर्को वर्ष लाभांश पाउने सेयरधनीले आशा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।