image
image

आर्थिक वर्षको पहिलो कारोबारको  दिन नेप्सेमा उच्च अंकको बृद्धि

काठमाडौँ ३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिन उत्साह देखिएको छ । आज आइतबार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ ।  

आज नेप्से ९७.२१ अंकले बढेर दुई हजार आठ सय ८० दशमलब ६१ विन्दुमा पुगेको छ । त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको छ । 


नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा समृद्धी फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।   

त्यस्तै, आज एनआइबीएल समृद्धी फण्डको शेयरमूलयमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा मञ्जुश्री फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ ।       
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।