image
image

तातोपानी भन्सारबाट न्यून राजस्व सङ्कलन

चौतारा  ३ साउन । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा रु एक अर्ब दुई करोड मात्र राजस्व असुली भएको छ । सो कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार सो आवमा रु पाँच अर्ब ४७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

गत असारमा आएको बाढीपहिरोले सीमा पुल क्षति पुग्न गई मर्मत गर्दा लामो समय लाग्नुका साथै सडक अवरुद्ध तथा कोरोना भाइरसलगायतका कारणले सो नाका चार महिना मात्र सञ्चालनमा आएको थियो । यसमा पनि लक्ष्यभन्दा ज्यादै कम सामान आयात भएकाले राजस्वमा असर पुगेको उहाँले बताउनुभयो ।

विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनःसञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । गत असार २ गतेको बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग कोदारी र लिपिङ पुल भासिएपछि अझै सञ्चालनमा आउन सकेको छैन । लिपिङ पुल पारी १० वटा कन्टेनर अझै रोकिएको भन्सार कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।