कृषिमा विदेशी लगानी; ५० करोड भन्दा बढी लगानी गर्नेलाई प्रथामिकता
काठमाडौँ माघ २६ । नेपालमा कृषि क्षेत्रमा वैदेशिक लगानी नाभित्रयाउन कृषकहरुले विभिन्न ठाउँमा प्रदर्शन गर्दै आइरहेका छन्। कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउदा साना किसानहरुलाई मर्का पर्ने हुँदा विरोध जनाएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्रयाउन लागिएको बताएका छन् । त्यसतै ५० करोड भन्दा बढी लगानी गर्ने तथा आफैँले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्नेलाई मात्रै भित्र्याउने उनले बताए। विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने मान्यता राखिएको उनको भनाई छ।
यस्तै डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल लगायत सबैले ठुला लगानीकर्ता लाई मात्रै भित्राउने बताएका छन् । किसान र निजी क्षेत्रलाई असर नपर्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धी बनाउने पनि उनीहरुको भनाई छ । अब बन्ने कार्यविधि सबै पक्षको साथ लिएर बनाइने पनि बताएका छन् ।