image
image

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं, ४, साउन। साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो ।

यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अंकमा पुगेको थियो । त्यसपछिका एक महिना १५२ अंकले घटेको बजारमा आइतबारदेखि तीव्र सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेको थियो ।

सोमबारको कारोबारमा नयाँ रेकर्ड कायम हुँदा बजारमा ५० करोड बढीको कारोबार भएको थियो ।  कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।