image
image

नेप्से  दोहोरो अंकले बढ्दा दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौँ ४ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ ।  आज नेप्से १३.८० अंकले बढेर दुई हजार नौँ सय ९४ दशमलब ४२ विन्दुमा पुगेको छ । 

त्यस्तै आज कारोबार रकम पनि लयमा फर्किएको छ । आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि नेप्सेमा ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको थियो ।
 यस्तै आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ शेयर १ लाख ७ हजार ७ सय ९७ पटक कारोबार भएको छ ।


नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।    

त्यस्तै, आज अधिकांश डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा एनआईसी एसिया बैंकको कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड भन्दा बढीको कारोबार भएको छ ।          
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।