image
image

दोलखामा आज थप १९ जनामा कोरोना पुष्टि  

काठमाडौँ, ४, साउन । दोलखामा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज चरिकोट अस्पतालको पिसिआर ल्याबमा ३० जनाको स्वाब परिक्षण गरिएकामा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपलिकाका ६ पुरुष र ३ महिला, बैतेश्वर गाउँपालिकाका एक पुरुष र ४ महिला, कालिञ्चोक गाउँपालिकाका २ पुरुष र २ महिला, गौरीशंकर गाउँपालिकाका एक महिला रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यस्तै आज भीमेश्वर नगरपालिकाबाट ९ पुरुष, जिरी नगरपालिकाबाट एक पुरुष र एक महिला निको भएको छ ।संक्रमित मध्य चरिकोट अस्पतालमा ४ जना हाइ डिपेन्डेन्सि युनिटमा रहेका छन् भने सिंगटी अस्पतालमा ११ जना आईसोलेशन वार्डमा उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।