image
image

बैंकहरूमा ह्वात्तै बढ्यो निक्षेप, दुई सातामै थपियो १ खर्ब ५५ अर्ब

काठमाडौँ ४ असार ।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा १ खर्ब १८ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। 

‘पछिल्ला साता पुँजीगत खर्च बढ्दा तरलता पनि बढेको हो’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने। वाणिज्य बैंकहरुमा मात्रै पछिल्लो दुई साता १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। सामान्य अवस्थामा सातामा औसत १५ अर्ब रुपैयाँ निक्षेप थपिने गरेको छ। 


नेपाल बैंकर्स एसोसिएसनका अनुसार असार १८ गतेसम्म कुल ४० खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा असार ३१ गतेसम्म आउँदा ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। 

यसमा पनि पछिल्लो एक साता मात्रै ८२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। असार २५ गतेसम्म ४१ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।

आर्थिक वर्षको अन्तिममा पुँजीगत खर्च निकासा हुने परिपाटीका कारण विगतका वर्षहरुमा पनि असार महिनामा बैंकहरुमा लगानीयोग्य रकम ह्वात्तै बढ्ने गरेको देखिन्छ। 

निक्षेप संकलन मात्रै नभई कर्जा प्रवाह पनि असार अन्तिममा बढेको छ। असारको पछिल्लो दुई सातामा मात्रै ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। असार १८ गतेसम्म ३६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ३१ गतेसम्म आउँदा कुल ३७ खर्ब २१ अर्ब प्रवाह भएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।