image
image

एक वर्षमा वाणिज्यले गर्यो एक हजार ५३ फर्मलाई जरिवाना, ३८ को कारोबार रोक्का

काठमाडौं, ५, साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनबाट गत आव २०७७/०७८ को एक वर्षको अवधिमा एक हजार ५३ फर्म/कम्पनी तथा उद्योग कारबाहीमा परेका छन् ।

सो अवधिमा २ हजार ९४७ फर्ममा गरिएको अनुगमन गरिएको थियो । कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानाबापत २३ करोड ३९ लाख ८२ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ । 

त्यस्तैगरी, सो अवधि

मा विभिन्न ३८ ओटा पसल तथा फर्मको कारोबार रोक्का गरिएको छ भने ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । १९ फर्म वा व्यक्तिलाई अभियोजनमा लगिएको छ ।

विभिन्न १ हजार ५७९ फर्मलाई तत्कालै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको छ भने खान अयोग्य वा म्याद सकिएका ३ करोड ७३ लाख ८४ हजार ७०१ रकम बराबरको वस्तु नष्ट गरिएको विभागका प्रवक्ता शिवराज सेढाइले जानकारी दिए । त्यस्तै, ६६ ओटा फर्म सामान्य अवस्थामा रहेको पाइएको छ ।

यता, विभागअन्र्तगतका ५ कार्यालय (विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी) बाट आव २०७७/०७८ को अवधिमा ४ हजार ७७९ फर्म तथा व्यवसायको अनुगमन गरिएको छ । ५१ ओटा फर्मको कारोबार रोक्का  र १ हजार ३४७ फर्मलाई जरिवाना लगाइएको छ ।

ती फर्मको जरिवानाबापत ३ करोड ३३ लाख ७० हजार रुपैयाँ संकलन भएको छ भने म्याद समाप्त भएका र खान आयोग्य ३ करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँ बराबरका मालसामान नष्ट गरिएको छ । 

त्यस्तै, ४ हजार ४१ अन्य फर्मलाई समेत कारबाही गरिएको विभागले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।