खुल्यो कालीगण्डकी करिडोर
काठमाडौँ, ५, साउन । पहिरोका कारण झन्डै तीन सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सोमबार बिहानबाट एकतर्फी सञ्चालनमा आएको छ । बागलुङको मालढुंगादेखि बलेवा, जैमिनीघाट हुँदै गुल्मीसम्मको अधिकांश स्थान अवरुद्ध थियो । बागलुङ नगरपालिका–१० को गलुवामा ठूलो पहिरो खसेपछि सडक ठप्पै थियो ।
बागलुङको मालढुंगादेखि बलेवा जाने गलुवामा खसेको पहिरो पन्छाउँदै एक्स्काभेटर । कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडक खण्ड सोमबारदेखि एकतर्फी रूपमा खुलाइएको छ । करिडोर आयोजकसहित स्थानीय सेना र प्रहरीसमेतको अनवरत प्रयासपछि १८ औं दिनमा सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
सडक अवरुद्ध भएकै समयमा नेपाली सेनाले विभागलाई सडक हस्तान्तरण गरेको थियो । असार १८ देखि सडक अवरुद्ध र क्षतविक्षत थियो । असार २३ मा सेनाले सडक हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा सहभागी हुन गएका प्रशासकसमेत पैदल जान बाध्य भएका थिए । सडक एकतर्फी खुले पनि दर्जनौं पहिरोका कारण करिडोर यात्रा अझै जोखिममा नै छ । पहिरो खसेर कतै भङ्गालो बनेको छ भने ठूला ढुंगा आएर पैदल यात्रासमेत जोखिमपूर्ण बनेको छ । सेनाले पहिलो पटक १० किमि, दोस्रो पटक ३० किमि र तेस्रो पटक ३४ दशमलव ५ किमि गरी जिम्मा लिएको ८ वर्षमा सडक विभागलाई हस्तान्तरण गरेको हो ।
बागलुङको मालढुंगादेखि गुल्मीको रिडीसम्मको ७८ किमि सडक सेनाले ट्र्याक खोलेको थियो । ट्र्याक खुलेपछि बिभागले १ अर्ब ८६ करोड रुपैयाँमा १० मिटर चौडा पार्न फेरि ठेक्का दिएको थियो । ‘हामीले सबै खण्डमा १० मिटर चौडा पारेर सडक बनाइसक्यौं र हस्तान्तरण गर्यौं,’ सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले भने, ‘अब काम गर्ने पालो सडक विभागको हो ।’ २०७० सालमा करिडोरको ट्र्याक शिलान्यास भएको थियो ।
करिडोरको बलेवादेखि जैमिनी घाट, बिनामारे, अर्जेवा, जैदी र छिस्तीका अधिकांश स्थानमा पहिरोले सडक क्षतविक्षत भएको स्थानीयले बताए । ‘सडक हस्तान्तरण भयो भन्ने सुनियो, तर हस्तान्तरण गर्दा त सवारी चल्नुपर्ने हो,’ जैमिनी–१ का लक्ष्मण आचार्यले भने, ‘हामी पैदलै पर्वतको कुश्मा पुगेर सदरमुकाम आउन बाध्य भयौं ।’ चौडा भए पनि हस्तान्तरण गर्दा सवारी चल्नुपर्नेमा नचलेको उनले बताए । कार्यदलका प्रमुख भट्टराईले भने सवारी चल्नेरनचल्ने कुरा सडक विभागको हुने बताए ।
‘हामीले चौडा पारेका छौं, काम सकिएर हस्तान्तरण गर्यौं,’ उनले भने, ‘अब विभागले मर्मत गर्नेदेखि सवारी चलाउने काम गर्छ ।’ सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले सडक कालोपत्र गर्नेसम्मको डीपीआरको चरण सुरु भएको बताए । ‘विभागले डीपीआर बनाइसकेपछि स्तरोन्नति र कालोपत्रको काम गर्छ,’ उनले भने, ‘तत्काल सडक खुलाउने काम भने सबैतर्फ भइरहेको छ ।’