image
image

आर्थिक वर्षको पछिल्लो ११ महिनामा ५ अर्ब ४४ करोड रुपैयाँको लसुन र प्याज आयात

काठमाडौं, ५, साउन। पछिल्लो आर्थिक वर्ष २०७७/०७८ को ११ महिनाको अवधिमा भारतलगायत अन्य मुलुकबाट ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको लसुन र प्याज आयात भएको छ ।

 भन्सार विभागका अनुसार, सो अवधिमा ४ अर्ब ४१ करोडको प्याज र १ अर्ब ३ करोड बराबरको लसुन विदेशबाट आयात भएको हो । सरकारले तरकारीमा दुईवर्षभित्र आत्मनिर्भर हुने घोषणा गरे पनि विदेशबाट आयात गर्ने क्रम रोकिएको छैन् । 

खासगरी, लसुन र प्याजको बीउ, बेर्ना, हरियो तथा सुकेको खालको लसुन र प्याज आयात भएको हो । खासगरी प्याज भारतबाट ४ अर्ब ३० करोड ४७ लाख ३७ हजार, चीनबाट ८ करोड ५४ लाख ११ हजार, इजिप्टबाट २ करोड २ लाख ६९ हजार र तुर्केबाट ७९ लाख ३ हजार बरारबको आयात भएको हो ।

यता, लसुन भने सवैभन्दा बढी भारतबाट नै आयात भएको छ । अन्य देशबाट लसुन आयात निकै कम हुन्छ । 

नेपालमा प्याज  र लसुनको माग यत्तिनै छ भनेर कुनै यकिन तथ्यांक छैन । तर, प्याज मागको ७० प्रतिशत विदेशबाटै आयात भइरहेको तथ्यांकले देखाउँछ । 

लसुन भने कुल मागको ३० प्रतिशत हाराहारीमा भारतबाट नै आयात भइरहेको छ । प्याजको तुलनामा लसुनको प्रयोग र माग केही कमी रहेकाले पनि आयातको मात्रा कमी छ । 

त्यस्तै, तरकारीलाई स्वादिलो बनाउन मसला र तरकारीकै रुपमा प्रयोग हुने प्याज र लसुनमा पनि भारतलगायतका देशबाट नै बढी परिमाणमा आयात हुन्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।