image
image

बिक्री नहुँदा दूध र मख्खन गोदाममै  

काठमाडौँ ५ साउन । कोरोना संक्रमणका कारण लकडाउन हुँदा नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरले किसानबाट खरिद गरेको ठूलो परिमाणमा दूध र मख्खन गोदाममा थन्किएको छ ।

दुग्ध विकास संस्थान, नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरका अनुसार कोरोना संक्रमणका कारण दूध र दूधजन्य पदार्थ बिक्री नभएपछि ९ सय मेट्रिक टन पाउडर दूध र ४ सय मेट्रिक टन मख्खन आयोजनाको गोदाममा थन्किएको छ । आयोजना प्रमुख योगेन्द्र शाहले उत्पादित दूध र दूधजन्य बस्तु बिक्री नहुँदा किसानहरुलाई चार महिनादेखि दूधको भुक्तानीसमेत पाउन नसकेको बताए ।

आयोजनाले उत्पादन गरेका दुग्धजन्य वस्तु बजारीकरणका लागि पटक पटक समस्या आइरहेपनि राज्यले ठोस कदम चाल्न सकेको छैन । जसका कारण करोडौको दूध र दूधजन्य पदार्थ गोदाममै थन्किने अवस्था आएको छ भने व्यावसायिक रुपमा दूध उत्पादन गर्दै आएका किसानहरु निरास बनेका छन् । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।