image
image

जीवन बीमा शुल्क २८.७१ प्रतिशतले बढ्यो

काठमाडौँ ५ साउन । नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । 


गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । 

समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क उठेको छ भने, निर्जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमाशुल्क उठेको छ । 

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः २८.७१ प्रतिशत र १५.३५ प्रतिशतले ब९ शुल्क उठेको समितिले जनाएको छ । 

तर यता, गत आर्थिक वर्षमा जीवन बीमातर्फ कुल १५ हजार ९६४ वटा बीमालेखको माग दाबी परेकोमा २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको माग दाबी परेकोमा २० अर्ब १४ करोड 
५१ लाख रुपैयाँ बीमा माग दाबीको भुक्तानी दिन बाँकी रहेको देखिएको समितिले जनाएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा तर्फ कुल ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित (सरेन्डर) भएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।