image
image

बैंकको कर्जा लगानी वृद्धि दोब्बर

काठमाडौँ - कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ ।

यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो वर्ष बैंकहरुको निक्षेप ६ खर्ब १५ अर्ब रुपैयाँले बढेको थियो । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोभिड प्रभावित उद्योगी व्यवसायीको कर्जा पुनर्संरचना गर्न पाउने सुविधा दिएको थियो । यो सुविधाका कारण बैंकहरुले कोभिड प्रभावित कर्जाको पुनर्संरचना गर्दा पनि ऋण विस्तार भएको छ ।

यसबाहेक सरकारले कोभिड प्रभावित उद्योगी व्यवसायीलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाका साथै व्यवसाय निरन्तरता कर्जासमेत दिएको थियो । २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड सहुलियत दरको पुनर्कर्जा स्वीकृत भएकोमा १ खर्ब २७ अर्ब ९ करोड लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि २०७८ जेठ मसान्तसम्ममा ८२ करोड २४ लाख कर्जा स्वीकृत भएको छ ।

यसबाहेक बैंकहरुले आफ्नो वित्तीय अवस्था राम्रो देखाउनका लागि समेत नयाँ शिर्षकमा छोटो अवधिका ऋण दिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।
“कोभिडका कारण नयाँ उद्योग व्यवसायमा लगानी नभए पनि बैंकहरुको कर्जा वृद्धि उच्च देखिएको छ,” पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले भने, “यसले वित्तीय जोखिम बढाउन सक्छ, केन्द्रीय बैंक चनाखो हुनुपर्छ ।”

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि बैंकहरुले छोटो अवधि र व्यक्तिगत प्रयोजनमा खर्च गर्न सकिने प्रकृतिका कर्जा लगानी वृद्धि गरेका छन् । गत आवको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये सबैभन्दा बढी मार्जिन प्रकृतिको कर्जा ८७.६ प्रतिशतले बढेको छ ।
निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानी प्रभावित हुँदा पनि सेयर लगानी भने बढिरेहेको छ । जसका कारण बैंकहरुको समेत यस क्षेत्रमा कर्जा बढेको देखिन्छ । यस्तै बैंकको आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा ११.९ प्रतिशत र आयात कर्जा ५३.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।