राष्ट्र बैंकद्वारा नयाँ नोट छाप्ने प्रक्रियाका लागि आवेदन खुल्ला
काठमाडौँ ७ साउन । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाइको प्रक्रिया सुरु छिट्टै सुरु गर्ने भएको छ । नोट डिजाईन, छपाई र आपूर्तिका लागि इच्छुक कम्पनीहरूलाई पूर्व छनौट प्रक्रियामा सहभागी हुन सूचना समेत जारी गरेको छ ।
राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै इच्छुक कम्पनीले अबको ४५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन भनेको छ । आवेदनका लागि १५ हजार रुपैयाँ आवेदन शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै विदेशी संस्थाहरूले आवेदन दिने हो भने अमेरिकी डलर १३०, युरो ११०, पउण्ड स्टर्लिङ १०० तिरेर आवेदन दिन सक्नेछन् । इच्छुक कम्पनीहरुले ५ सेप्टेम्बर २०२१ को मध्यानसम्ममा आवेदन दिइसक्नुपर्ने र सोही दिन १ बजे त्यो आवेदन पत्रहरू खोलिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।