image
image

नेप्से  ३ हजार अंक नाघ्यो , बैंकिङ समूहको प्रभाव

काठमाडौँ  ७ साउन ।  साता कारोबारको अन्तिम दिन बिहीबार बैंकिङ समूहले समग्र सेयर बजारलाई उचालेको छ। सेयर बजारको परिसूचक नेप्से १८. ७ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै परिसूचकले ३ हजार अंक नाघेको छ। परिसूचक ३ हजार ४ अंकमा कायम भएको छ। यसअघि जेठ ३१ गते बजारले सबैभन्दा धेरै ३ हजार २६ अंकको रेकर्ड बनाएको छ। 

परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। कुल ११ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन बजार बढ्नमा बैंकिङ समूहको मुख्य योगदान रह्यो। सो समूह ३५ अंकले बढेको छ। बजारमा बैंकिङ समूहको पुँजीकरण सबैभन्दा धेरै भएकाले यसको प्रभाव बलियो हुने गरेको छ। 

बैंकिङका अलवा जलविद्युत २४, फाइनान्स ३८ र निर्जीवन बीमा ३८ अंकले बढे। ब्यापार ८२, होटल तथा पर्यटन १५, विकास बैंक १४, उत्पादन २१, अन्य ११, माइक्रोफाइनान्स १२ र जीवन बीमा समूह ३८ अंकले घटेका छन्। 

यस दिन ङादी ग्रुप र सिइडिबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। पोखरा फाइनान्स र माउन्टेन हाइड्रोको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ।


कालिका पावरको मूल्य ८.६ प्रतिशतले बढेको छ भने वाणिज्य बैंकहरुमा कृषि विकास बैंकको सबैभन्दा धेरै ७.८ प्रतिशतले मूल्य बढेको छ। ग्रीन लाइफ र जोशी हाइड्रोको ६ प्रतिशतले मूल्य बढेको छ। बरुण हाइड्रो र हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। एभरेष्ट इन्स्योरेन्स संस्थापक समूह र विशाल बजार कम्पनीको मूल्य ३ प्रतिशतले घटेको छ। 

कारोबारका आधारमा कृषि विकास बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ४६ करोड रुपैयाँको सेयर किनबेच हुँदा दोस्रोमा रहेको नेपाल बैंकको ३६ करोडको सेयर कारोबार भयो। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।