image
image

एशियाली विकास बैंकद्वारा खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

काठमाडौँ ७ साउन । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ ।

बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।