image
image

नविन के भट्टराईको ‘संझिरहन्छु’मा राज र वर्षा

कामठाडौँ, ८, साउन । नेपाली गायन क्षेत्रमा गायक नविन के भट्टराईको नाम नयाँ होइन । नेपाली सांगीतिक क्षेत्रमा केही बर्ष अगाडिसम्म नविनको हालिमुहाली थियो । तर, गीतसंगीतको सुन्ने र हेर्ने शैली फेरिएपछि गायक भट्टराईले केही बर्षको अन्तरालमा मात्र गीत सार्वजनिक गर्दै आएका छन् । उनै, गायक भट्टराईले २ बर्षपछि दर्शक तथा श्रोतालाई नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

‘संझिरहन्छु’ बोलको गीतमा नविनकै शब्द, संगीत तथा स्वर छ । अनलाइनखबरसँगको कुराकानीमा नविनले भने–‘यो गीतले यात्राको कुरा भन्छ । २ बर्षपछि दर्शक तथा श्रोताका लागि मैले नयाँ कोशेली लिएर आउँदैछु । आशा छ, दर्शकले रुचाउनु हुनेछ ।’

यो गीतको भिडियोको छायांकन पनि गरिएको छ । भिडियोलाई नविनले नै निर्देशन गरेका छन् । भिडियोमा सौरभ लामाको छायांकन छ । अर्जुन जीसीको सम्पादन रहने भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् ।

विगत केही महिनादेखि बजारमा वर्षा र राजको प्रेम चर्चा पनि चलिरहेको छ । यसैले पनि यो जोडीलाई एकसाथ भिडियोमा हेर्नका लागि दर्शक पनि उत्साहित छन् । राज र वर्षाले नविन के भट्टराईको गीतमा काम गर्न पाउँदा उत्साहित भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।