image
image

लघुवित्त कम्पनीहरु धमाधम मर्जरमा।

बैङ्कहरुलाई मर्जरमा लैजान। चुक्तापुँजीको टार्गेट दिएर बैङ्कहरुको सङ्ख्या घट्न नसकेको कारण त्यसैबाट पाठ सिक्दै केन्द्रीय बैङ्कले लघुवित्तको मर्जरमा भने हकप्रदको विकल्प बन्द गरेको छ । अब उनीहरुले चक्तापुँजी वृद्धिका लागि कि त मर्जर÷एक्विजिसनबाट कि त बोनस सेयरको सहारा लिनुपर्नेछ ।
आइतबार (माघ ४) मात्र वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त बीच एक आपसमा मर्जर हुने अन्तिम सम्झौता भएको छ । यसअघि मर्जर सम्झौता भएसँगै वोमीको नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार रोक्का भइरहेको छ । यो पछिल्लो उदाहरण हो ।
केही लघुवित्त कम्पनीहरु मर्जर तथा एक्विजिसन प्रक्रियामा सहभागी भइसकेका छन् । पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म २४ वटा लघुवित्त कम्पनी मर्जर तथा एक्विजिसनमा गइसकेका छन् । केही मर्जर तथा एक्विजिसनको प्रक्रियामा रहेका छन् । नयाँ तथा पुराना दुवै खालका कम्पनीहरु मर्जर प्रक्रियामा गएका हुन् ।
पछिल्लो समय ठूला लघुवित्त वित्तीय संस्थाहरुले भने साना लघुवित्तलाई गाभेर आफ्नो कार्यक्षेत्र बढाउने र अझै मजबुत बन्ने दाउमा छन् । लघुवित्त कम्पनीहरुको सङ्ख्या धेरै हुँदा राष्ट्र बैङ्कलाई नियमन गर्न पनि कठिन भएको राष्ट्र बैङ्कका अधिकारीहरुले बताउँदै आएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।