भारतलाई पछि पार्दै चिनियाँ लगानी अग्रस्थानमा, कुन देशबाट कति ?
काठमाडौँ ८ असार ।नेपालमा आर्थिक वर्ष २०७७/७८ मा साढे ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । उद्योग विभागका अनुसार उद्योग, व्यापार कृषि तथा सेवा क्षेत्रमा गरी कुल १०९ मूलकहरूबाट ३२ अर्ब ५० करोड २० लाख रुपैयाँ एफडीआई भित्रिएको हो ।
जसमध्ये चीनबाट मात्रै कुल २२ अर्ब ५० करोड २० लाख नेपालमा भित्रिएको छ । त्यस्तै भारतबाट जम्मा ७२ करोड ६० लाखको मात्र लगानी भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ ।
यस्तै, गत वर्षमा सिंगापुरबाट १ अर्ब ९१ करोड, हङकङबाट १ अर्ब २७ करोड, ब्रिटिस भर्जिन आइल्याण्डबाट ३० करोड, मलेसियाबाट ४ करोड ९० लाख, जापानबाट ५ करोड, म्याक्सिकोबाट १५ करोड, नेदरल्याण्डबाट १५ करोड ६५ लाख, दक्षिण कोरियाबाट ९ करोड, जर्मनबाट २१ करोड र अमेरिकाबाट अधिकतम १ अर्ब ६२ करोडको लगानी भित्रिएको विभागले जनाएको छ ।