घट्यो वैदेशिक लगानी प्रतिवद्धता
काठमाडौँ ८ साउन । ।नेपालमाआर्थिक वर्ष २०७७/७८ मा साढे ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्ष २०७७/७८ मा अधिकांश मुलुकहरूबाट कम वैदेशिक लगानी आएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ को कुल वैदेशिक लगानी अधिकतम १५.३० प्रतिशतको घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कुल ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिरहँदा गत आर्थिक वर्षको अन्तसम्मका जम्मा ३२ अर्ब २ करोड मात्र भित्रियो । अर्थात् अघिल्लो वर्षको तुलनामा यो ५ अर्ब ७८ करोड माथिको कमी हो ।
त्यस्तै विभागको तथ्याङ्क अनुसार वैदेशिक लगानीको मुख्य आकर्षणको क्षेत्र मुलुकको होटल तथा पर्यटन क्षेत्र देखिएको छ । विभागका अनुसार आर्थिक वर्षको कुल ३२ अर्ब २ करोड वैदेशिक लगानी मध्ये अधिकतम १८ अर्ब ३१ करोड माथिको लगानी होटल तथा पर्यटन क्षेत्रमा आएको छ । वर्षभरी आएको लगानी मध्ये अधिकतम २ हजार ७१४ जनालाई रोजगारी दिने समेत उल्लेख गर्दै १०१ पर्यटन परियोजनामा विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको विभागले जनाएको छ ।