आजदेखि सवारी कर घरबाटै तिर्न सकिने
काठमाडौँ ८ साउन । आजदेखि सवारी कर घरबाटै तिर्न सकिने भएको छ । मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने भएको हो ।
शुक्रबार एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
त्यस्तै कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायक मार्फत गर्न सकिने समेत यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ ।