नेपालमा बढ्दै डिजिटल कारोबार, एक महिनामै भयो १ खर्ब ५३ अर्बको कारोबार
काठमाडौँ २७ माघ । नेपालमा पछिल्लो समय डिजिटल कारोबार प्रति आकर्षण बढ्दो देखिन्छ । तरकारी तथा फलफूल व्यवसाय देखि धार्मिक स्थल सम्म क्यूआर कोड बाट भुक्तानी गर्न सकिने भएको छ । त्यस्तै राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ पुसमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत १ खर्ब ५३ अर्बभन्दा बढीको कारोबार भएको छ।
कनेक्ट आईपीएसबाट मात्रै एक महिनाको अवधिमा एक खर्ब ७७ करोडभन्दा बढी कारोबार भएको छ । मंसिर महिनामा ९० अर्ब १४ करोड भन्दा बढीको कारोबार भएकोमा बढेर एक खर्बको आँकडा छुन सफल भएको छ । यो अवधिमा कुल १४ लाख ३ हजार ८ सय ७३ पटक कारोबार भएको छ ।
त्यस्तै मोबाइल बैंकिङबाट हुने कारोबार पनि उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मोबाइल बैंकिङमार्फत कुल ८६ लाख ८१ हजार ३ सय ६९ पटक कारोबार भएको छ । जुन कात्तिक महिनाको तुलनामा २ लाख ९४ हजार ८ सय ९९ बढी हो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिरमा क्यूआरमार्फत कुल ३ लाख ४३ हजार ५७४ पटक कारोबार भएको थियो । उक्त संख्या बढेर ३ लाख ७२ हजार १ सय ७६ पुगेको छ ।
कारोबार संख्या बढेता पनि यसबाट हुने कारोबार रकम भने घटेको छ । मंसिर महिनामा क्यूआरमार्फत १ अर्ब २५ करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा पुसमा घटेर बढेर १ अर्ब २४ करोड ५० लाख रुपैयाँमात्रै भएको छ ।