image
image

आमिर खान पूर्व पत्नीसँग टेबुल टेनिसमा रमाउँदै

काठमाडौँ, ९, साउन । आमिर खानले किरण रावसँग डिभोर्स गर्ने घोषणा गरेको धेरै समय भएको छैन । यो चर्चा सेलाउन नपाउँदै आमिर र किरण सुटिङमा एकसाथ समय बिताइरहेको खबर सार्वजनिक भएको छ । लाल सिंह चड्डा फिल्मको सुटिङ सेटका केही तस्बिरहरू भर्खरै बाहिरिएका हुन् । 

आमिरको नयाँ फिल्मको सुटिङ लद्दाखमा चलिरहेको छ । यस सुटिङका दौरान पूर्व पत्नी किरण राव र छोरा आजाद पनि आमिरसँगै छन् । स्रोतका अनुसार लाल सिंह चड्ढाको फिल्म युनिटले एक टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ आमिरदेखि टिमका अन्य सदस्य र बालबालिकाले पनि सहभागिता जनाए । 


सेटका केही तस्बिरहरू बाहिरिएका छन् । एउटा तस्बिरमा आमिरले छोरा आजादलाई हौस्याउँदै गरेको देखिन्छ । अर्कोतर्फ किरण रावले छोराको खेल हेरिरहेकी छिन् । अर्को, एक तस्बिरमा आमिरले नै किरणसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ । 

यसअघि पनि आमिर र किरणका केही भिडियोहरू भाइरल भएका थिए । जहाँ, यो पूर्व जोडीले लद्दाखको परम्परागत पहिरन लगाउँदै स्थानीय नृत्य सिकिरहेको देखिन्थ्यो । 

लाल सिंह चड्ढामा आमिर खान र करीना कपूर मुख्य भूमिका छन् । यो जोडी थ्री इडियट्समा पनि एकसाथ देखिएको थियो । लाल सिंह चड्ढा हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो, यसलाई वर्षको अन्त्यमा रिलिज गर्ने लक्ष्य राखिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।