image
image

दोलखामा पहिलो पटक तारे होटल सञ्चालनमा

काठमाडौँ, ९, साउन । दोलखामा पहिलो पटक तारे होटल सञ्चालनमा ल्याइएको छ । सदरमुकाम चरिकोटमा ‘ट्रेड बिजनेस’ गर्दै आउनुभएका व्यवसायी दिनेश बस्नेतले चरिकोट स्थित अदिति कम्प्लेक्समा दुई तारे होटल एम्ब्रोसिया आजबाट सञ्चालनमा ल्याउनु भएको हो ।

दुई तारे होटल एम्ब्रोसियाको आज एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उल्घाटन गर्नुभयो । भवन बाहेक १० करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको दुई तारे होटलमा ३५ वटा कोठा छन् जसको क्षमता १ सय जनाको रहेको छ । 

त्यसैगरि ५ सय जनाको क्षमता रहेको बैङक्वेट, १ सय जनाको क्षमताको बैठक हल र रुफटपमा रेष्टुराँ समेत गरी १ हजार जनालाई एकै पटक होटलले सेवा दिने होटल सञ्चालक दिनेश बस्नेतले जानकारी दिनुभयो ।

२०७७ सालको असोजभित्रै होटल सञ्चालनमा ल्याउने गरी सुरुमा तयारी गरिएको भए पनि कोरोना भाइरस महामारीका कारण होटल सञ्चालनमा ल्याउन केहि ढिलाई भएको सञ्चालक बस्नेतले बताउनुभयो ।

लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका बस्नेत गोर्खा ब्रुअरी र सूर्य नेपाल दोलखाका लागि आधिकारिक बिक्रेता हुनुहुन्छ । उहाँले दोलखामै कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगसमेत सञ्चालन गर्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।