image
image

आयात–निर्यात दुवै बढ्यो

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गत आव असार मसान्तसम्मको अवधिमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको एक वर्षमा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा कुल ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा गत आवमा सो आयात बढेर झन्डै साढे १५ खर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यसपालि २८ दशमलव ६६ प्रतिशतले आयात बढेको भन्सार विभागले जनाएको छ । कोरोना भाइरस महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बेलामा पनि झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात गर्नु सकारात्मक संकेतको सूचक भएको विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार गत आवको एक वर्षको अवधिमा आयातसँगै निर्यात पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो आव २०७६/७७ मा नेपालले जम्मा ९७ अर्ब ७० करोड ९१ लाख रुपैयाँबराबरको नेपाली उत्पादित वस्तु तथा सेवा निर्यात गर्न सफल भएको थियो । यो निर्यातको दर अघिल्लो आवको भन्दा ४४ दशमलव ४३ प्रतिशतले बढी हो ।

विभागका अनुसार यसपालि कुल वैदेशिक व्यापारमा पनि वृद्धि देखिएको छ । आव २०७६/७७ मा १२ खर्ब ९४ अर्ब ५० करोड ८१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको मुलुकले गत आव २०७७/७८ को एक वर्षको अवधिमा कुल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । जुन २९ दशमलव ८५ प्रतिशतले बढी हो । यसैगरी, सरकारले सो अवधिमा आयात भएको वस्तु तथा सेवाबाट ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले एक वर्षको अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास र सुन आयात गरेको छ ।
-राजधानी दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।