image
image

बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन थालियो

काठमाडौँ  १० साउन  । जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढीपहिराका कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत्समेतबाट समेत सम्बन्ध टुटेको छ ।

सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गरेका छन्। उनकै नेतृत्वमा तत्कालीन समयमा बेँसीशहर–चामे सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नयाँ ट्र्याक खोल्न सेनाको प्राविधिक टोलीले अध्ययन थालेको जानकारी दिए । बेँसीशहर–चामे सडकखण्डको प्रायःजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सो टोलीले यस्ता स्थानमा सडक निर्माण गर्न मिल्ने, नमिल्ने विषयमा अध्ययन गर्ने नेपाली कांग्रेसका सभापति टेकबहादुर गुरुङले जानकारी दिए ।“मनाङवासीको सहज र सुरक्षित यातायातका लागि सडक सञ्जालसँग छिटो जोडिनुपर्छ । ” उनले भने।


पूर्वमन्त्री गुरुङ,सेनाका टोली, गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी लामिछाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का र समाजसेवी खामसुङ गुरुङलगायतले अध्ययन थालेका हुन् ।

माटोको अवस्था अध्ययन तथा अनुगमनपछि प्राविधिक टोलीले सो सडक खण्डको नयाँ ट्र्याक खोल्ने प्रक्रियामा अगाडि बढ्नेछ । प्राविधिक टोली अध्यायन तथा अनुसन्धानका लागि पुगेपछि जिल्लावासी हर्षित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।