image
image

उच्च अंकले बढ्यो नेप्से,  नौ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि 

काठमाडौँ १० साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको पहिलो दिन  आईतबार उच्च अंकले बढेको छ । आज नेप्से ५४.३१ अंकले बढेर तीन हजार ५८ दशमलब ३१ विन्दुमा पुगेको हो ।   

त्यस्तै आज कारोबार रकममा पनि उछाल आएको छ । आज १४ अर्ब ३० करोड २३ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको थियो । 

नेप्सेका अनुसार आज नौ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । जसमा बिशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी रहेका छन् ।   

त्यस्तै, आज लक्ष्मी उन्नती कोष र कुमारी इक्युटी फण्डको शेयरमूल्यमा गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा नेपाल बैंकलिमिटेडको कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको कारोबार भएको छ ।             
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।