निकुञ्जको राजस्वमा कमी
चितवन १० साउन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसँगै यहाँ सङ्कलन हुने राजस्वमा समेत एक चौथाइ भन्दा बढीले कमी आएको छ । निकुञ्जले सङ्कलन गर्दै आएको राजस्वमा अघिल्लो आवको भन्दा गत आवमा कूल रु १५ करोड ४८ लाख ९३ हजार ५१५ ले कमी आएको जनाइएको छ । निकुञ्जमा गत आव २०७७/७८ मा जम्मा रु चार करोड ४३ लाख ६२ हजार १६६ मात्रै राजस्व सङ्कलन भएको छ भने अघिल्लो आव २०७६/७७ मा रु १९ करोड ९२ लाख ५५ हजार ६८१ राजस्व सङ्कलन भएको थियो ।
यहाँ घुम्न आउने पर्यटकबाट सङ्कलन हुने राजस्व घट्दा निकुञ्जले सङ्कलन गर्ने राजस्वमा कमी आएको सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अधिकारीले बताए । उनका अनुसार अघिल्लो आव भन्दा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु १६ करोड ४८ लाख ४७ हजार २३६ कम राजस्व सङ्कलन भएको छ ।
अघिल्लो आव २०७६/७७ मा पर्यटक शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ राजस्व सङ्कलन भएकामा गत आव २०७७/७८ मा रु दुई करोड ५५ लाख ३७ हजार ८२८ मात्रै राजस्व सङ्कलन भएको अधिकारीले बताए ।