image
image

विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने

काठमाडौँ।  विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने व्यवस्था गर्न लागिएको छ । नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको विदेशी लगानी तथा विदेशी व्यवस्थापन नियमावली, २०७७ मा यस्तो व्यवस्था गरिएको हो ।

यो व्यवस्था लागू भएपछि विदेशी लगानीकर्ताले सरकारका कुनै पनि निकायसंग अनुमति नलिई विदेशी रकम भित्र्याउन सक्नेछन। यसका लागि रकम भित्र्याउने बैंकमा उपलब्ध हुने एउटा फर्म मात्रै भर्नु पर्नेछ जसको जानकारी बैंकमार्फत राष्ट्र बैंकमा जानेछ ।

अहिले सञ्चालनको क्रममा रहेका वा सञ्चालनमा आइसकेका उद्योगको हकमा भने नयाँ व्यवस्था लागू नहुने नियमावलीमा प्रष्ट पारिएको छ । त्यस्ता संस्थाहरुले एकल विन्दु सेवा केन्द्रमा लगानी स्वीकृतिका लागि अर्को निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । 

विदेशबाट लगानी भित्र्याउने लगानीकर्तालाई लगानी भित्रिएपछि लगानी भित्र्याउने बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र दिनेछ । अन्य कागजात र बैंकले दिएको प्रमाणपत्र र अन्य कागजातसहित लगानी भित्रिएको ६ महिनाभित्र एकल विन्दु सेवा केन्द्र अन्तर्गत राष्ट्र बैंकको विदेशी विनिमय सहजीकरण इकाईमा भने लगानीकर्ताले निवेदन दिनुपर्ने उल्लेख गरिएको छ । 

तोकिएको समयभित्र निवेदन नदिने लगानीकर्ताको लगानी भने स्वीकृति नहुन सक्नेछ । लगानी ल्याउन राष्ट्र बैंकसँग तत्कालै स्वीकृति लिनु नपर्ने भए पनि लगानी फिर्ता लैजानुअघि भने राष्ट्र बैंकको स्वीकृति अनिवार्य गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।