image
image

नेपाल बङ्गलादेश बैंकको कृषि लोन कार्ड योजना सुरु 

काठमाडौँ। नेपाल बङ्गलादेश बैंकले किसान कृषि लोन कार्ड योजना सुरु गरेको छ। मकवानपुरगढी गाँउपालिकास्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफूल उत्पादनमूलक कृषि व्यवसाय/उद्यम गर्नका यस्तो योजना सूरु गरिएको हो।

यसका लागि आवश्यक वित्तिय, प्राविधिक, बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी सानास्तरका कृषकलाई व्यवसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्य राखिएको छ।नेपाल बङ्गलादेश बैंक, आर एन्ड डी. इनोभेटिभ सोलुसन प्राली मकवानपुरगढि गाँउपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिबीच सहकार्य गरेर उक्त योजना ल्याएको हो।

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि. इनोभेटिभ सोलुसनको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुमागाईं  र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक  कल्पना श्रेष्ठले संयुक्त हस्ताक्षर गरे।

हालसम्म  बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिदैं आएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।