image
image

शिवम् सिमेन्टले व्यापार घट्दा पनि बढायो नाफा

काठमाडौं, २७ माघ ।  शिवम्सिमेन्ट्स लिमिटेड  ले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १६.१३ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको  सोही अवधिमा कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षमा  ५८ करोड ९६ लाख रुपैयाँ नाफा कम्पनीले आर्जन गरेको छ । 


कम्पनीको बिक्री आम्दानी घटेपनि अन्य खर्चहरु नियन्त्रणमा आउँदा नाफा बढेको हो । साथै बैंक ब्याजदर घट्दाको लाभले पनि कम्पनीको नाफा बढाउन टेवा पुगेको बताएको छ ।  ३ अर्ब ५८ करोड रुपैयाँ कुल खर्च भएको यस कम्पनीमा ७३ करोड रुपैयाँ कच्चा पद्वार्थ खरिदमा खर्च गरेको जनाएको छ । ९१ करोड ४२ लाख रुपैयाँ बिजुली लगायतको उर्जामा खपत भएको छ ।

खुद नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानीमा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २३ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसामा पुगेको छ।कम्पनीको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी अनुपात ६१.९३ गुणा कायम भएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।