सरकारले १० फिल्ममा लगानी गर्ने
काठमाडौँ १२ साउन । मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने भएको छ । चलचित्र विकास बोर्डले मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो । सूचनामा बोर्डले यो आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भनिएको छ । जसमा पाँच फिचर र पाँच छोटो फिल्म रहनेछ ।
गत वर्ष बोर्डले मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले स्टोरी बैंक समेत स्थापना गरेको थियो। बोर्डले सहनिर्माताको रुपमा लगानी गर्ने भएको हो । यसअघि तीन फिचर र तीन छोटो फिल्ममा सह–लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्या बढाएको छ ।