शेयर बजारमा १५.१३ अंकको गिरावट हुँदा दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौँ १४ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.१३ अंकले घटेर तीन हजार ७९ दशमलब ८२ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १० अर्ब ९० करोड ५८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
त्यसैगरि, आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।
नेप्सेका अनुसार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य आज ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ७२९ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्था शेयरमूल्य ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.१० कायम भएको छ ।
त्यस्तै, आज गुडविल फाइनान्सको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्सको कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।