image
image

तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं, १५, साउन । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग ( अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । 

न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न साउन ११ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

ती तीन ओटै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन्  । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि ती कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।