अब सुनको आपूर्ति व्यवस्थित र प्रभावकारी वनाइने
काठमाडौँ माघ २८ । अब विभिन्न बैंकहरुमार्फत हुँदै आएको सुनको आयात र बिक्री वितरण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागु गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको व्यवसायीको गुनासो रहेको भन्दै राष्ट्र बैंकले त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन आवश्यक पहल गर्ने भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिमण्डलसँग भएको उक्त छलफलमा निर्णय भएको हो
राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार काम भए नभएको अनुगमन गरी त्यसलाई ब्यवस्थित तगर्न पहल गरिने प्रतिवद्धता जनाए
त्यस क्रममा उनले तोकिएका नाकाहरुबाट पनि सरल र सहज रुपमा सुन वितरणको ब्यवस्था मिलाउन, आपूर्तिमा लागु हुँदै आएको कोटाको सीमा पुनरावलोकन गर्न र व्यवसायीले उठाएका अन्य जायक मागहरुको सम्वोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनका क्रममा आइपरेका समस्याहरु जानकारी गराउँदै समस्या हल गर्नका लागि पहल गर्न आग्रह गरे।उनले व्यवसायीलाई परेका समस्या समाधान गर्न राष्ट्र बैंकको भूमिका महतवपूर्ण हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गरे । महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले व्यवसायीमाथि पुरेका विभिन्न समस्या बारे जानकारी गराए ।









