अझै सुचारु भएन विमानस्थल
रुकुम। निर्माण भएको लामो समय बितिसक्दा पनि रुकुम पश्चिमको चौरजहारी विमानस्थल अझै संचालन हुन सकेको छैन। २०२८ सालमा निर्माण गरेर सञ्चालनमा आएको विमानस्थल २०७० सालमा कालोपत्रे गरिए पनि त्यसपछि परीक्षण उडान मात्र गरेर नियमित सेवा सुचारु नगरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।
रुकुम पश्चिम, जाजरकोट र सल्यानका नागरिकलाई लक्षित गरी निर्माण गरिएको विमानस्थल बन्द भएपछि गाडीकै भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ। विमानस्थल कालोपत्रे हुनुअघि सातामा दुई दिन उडान भर्ने नेपाल वायुसेवा निगमले समेत उडान बन्द गरेको र प्राइभेट कम्पनीका जहाजसमेत नगएपछि विमानस्थल प्रयोगविहीन बनेकोमा स्थानीयवासी आक्रोशित छन् ।
चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले विमानस्थल सुचारु गर्न मन्त्रालय र सरोकारवालाहरूसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए । कहिले यात्रु नपुगको त कहिले जहाज नभएको भन्दै उडान रोकेको उनको भनाइ छ ।