image
image

ठेकेदारको लापरबाहीका कारण भवन निर्माणमा ढिलाइ

खोटाङ। निर्माण व्यवसायी (ठेकेदार) कम्पनीको लापरबाहीका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ९ ओटा वडा कार्यालयको भवन निर्माणमा ढिलाइ भएको छ ।

नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ ओटा सुविधा सम्पन्न भवनमध्ये दुईओटा बाहेक अरू निर्माण हुन सकेको छैन । साविक गाविसको पुरानो भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालय पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले २०७७ पुस मसान्तमा सक्नेगरी ११ वडामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण शुरू गरेको थियो ।

यस अन्तर्गत वडा नं १३ नूनथला र वडा नं १२ जालपामा बाहेक अन्य वडाको भवन तोकिएको समयमा कसैले निर्माण सम्पन्न गरेका छैनन् । करीब १०० जना अट्ने सभाहल, वडाध्यक्ष, वडासचिव र वडा कार्यसमितिका सदस्य बस्ने चार कोठे भवन बनाउन नगरपालिकाले जिम्मा दिएको निर्माण कम्पनीले निर्माणमा ढिलाइ गर्दा समयमा हस्तान्तरण हुन नसकेको बताइएको छ ।  
 
नूनथला र जालपामा भने सम्झौता गरेको मितिभन्दा अगावै सजीव निर्माण सेवाका प्रतिनिधि प्रकाश नाछिरिङले सम्पन्न गरेर हस्तान्तरण गरेका थिए । यस्तै, केशव तमोटको इन्द्रलक्ष्मी कन्स्ट्रक्सन र दिनेश पौडेलको पीआर कन्स्ट्रक्सनको संयुक्त फर्मबाट ठेक्का सम्झौता भएको वडा नं १ दिक्तेलको कार्यालय भवन भर्खर पिलर हालिएको छ । वडा नं २ सोल्माको भवन भने अन्तिमचरणमा पुगेको नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले जानकारी दिए । वडा नं ४ खाल्लेमा भर्खर घडेरी मात्र सम्याएर छाडिएको बताइएको छ ।     

यता, कर्ण खत्रीको रुजन निर्माण सेवा र दिलचक्र राईको दोर्पा निर्माण सेवाको संयुक्त ठेक्का सम्झौता भएको वडा नं ७ दोर्पा, वडा नं ८ बुवासुङ तथा वडा नं ९ निर्मलीडाडाँको भवनको समेत अवस्था उस्तै छ । वडा नं ७ दोर्पाको भवन अन्तिम चरणमा पुगेको नगरपालिका स्रोतेले बताएको छ ।    वडा नं ८ बुवालुुङको भवन भने एक तला ढलान सकिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।