image
image

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ डिम्याट खातामा,नेप्सेबाट कतिमा होला ओपन रेञ्ज ?

काठमाडौं, १७, साउन । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । कम्पनीको आईपीओ सुचिकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि रू। ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ पाउने देखिएको छ ।

कम्पनीको आव २०७६/७७ को बास्तविक प्रतिशेयर नेटवर्थ रू। ११५ दशमलव १३ रहेको र नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको उक्त रेञ्ज पाउने देखिएको हो

कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट सम्पन्न भएको हो ।  उक्त आईपीओका लागि योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए  ।

बाँकी १५ लाख २७ हजार ७९९ जनाको हात खाली भएको थियो । कम्पनीको आईपीओमा ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि,३ लाख २२ हजार ५०० सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।